काठमाडौं । भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
आयोगलाई प्रारम्भिक रूपमा तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

