काठमाडौँ। सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले हालका आईजीपी कार्कीलाई जिम्मेवारीबाट मुक्त गरी एआईजी केसीलाई प्रहरीको सर्वोच्च पद सुम्पिने निर्णय गरेको हो। यसअघि नै सरकारले आईजीपी कार्कीलाई हटाउन खोजेको समाचारहरू सार्वजनिक भएका थिए। गत कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हालेका कार्कीलाई हटाएर सरकारले मनोज केसीलाई प्रहरीको नेतृत्व सुम्पेको हो।
यस्तै मन्त्रिपरिषद् बैठकले जिम्मेवारीबाट हटाइएका निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी दिने निर्णय गरेको छ।

