धरौटीमा छुटाइदिने भन्दै रकम असुल्ने दुई जना काठमाडौँ जिल्ला अदालत परिसरबाटै पक्राउ

काठमाडौँ । लागुऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई अवैध रूपमा रकम असुल गरिरहेको अवस्थामा दुई जना व्यक्तिलाई काठमाडौँ जिल्ला अदालत परिसरबाटै नगदसहित पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला अदालतमा असोज २ गते लागुऔषध (खैरो हेरोइन) मुद्दाका प्रतिवादी विमल घलेलाई बयानका लागि इजलाससमक्ष पेस गरिएको थियो।

सोही क्रममा प्रतिवादी घलेलाई धरौटीमा छुटाइदिने आश्वासन तथा प्रलोभन दिई निज प्रतिवादीकी पत्नीबाट अवैध रूपमा ४ लाख ७९ हजार रूपैयाँ लिइरहेको अवस्थामा उनीहरूलाई अदालत परिसरबाटै रकमसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला, सूर्यगढी गाउँपालिका वडा नं. ६ बस्ने अजय थापा-मगर र सोही जिल्लाको विदुर नगरपालिका वडा नं. ९ बस्ने हरिराम गिरी रहेका छन्। अदालत परिसरभित्रै भएको यस गैरकानूनी वित्तीय लेनदेन र बिचौलिया गतिविधिबारे काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारीद्वारा जारी विज्ञप्ति मार्फत पुष्टि गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज