मोरङ कारागारभित्र कैदीबन्दीबिच झडप, १९ जनालाई अन्यत्र स्थानान्तरण

विराटनगर। जिल्ला कारागार मोरङमा कैदीबन्दीहरूबिच झडप भएपछि १९ जना कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र स्थानान्तरण गरिएको छ। विराटनगर–८ स्थित कारागारको ‘बी ब्लक’मा शुक्रबार दिउँसो दुई पक्षबिच झडप भएको हो।

कारागारका चौकीदार विशाल निरौलाको पक्षले अन्य कैदीबन्दीलाई यातना दिएको र रकम असुल गरेको आरोप अर्को पक्षले लगाएपछि विवाद बढेर झडपको स्थिति सिर्जना भएको थियो।

झडपपछि परिस्थिति नियन्त्रणमा लिन ‘बी ब्लक’बाट १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ।यसअघि प्रहरी प्रवेशमा निषेधजस्तै रहेको उक्त ‘बी ब्लक’मा प्रहरी प्रवेश गर्दा कैदीबन्दीको समूहले विरोध जनाउँदै नाराबाजीसमेत गरेका थिए।

प्रहरीले विवादमा संलग्न १९ जना कैदीबन्दीलाई बाहिर निकालेर अन्य कारागारमा स्थानान्तरण गरेपछि हाल मोरङ कारागारको अवस्था पूर्ण रूपमा सामान्य बनेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज