काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ३९ वर्षीया पौडेललाई बिहीबार साँझ पक्राउ गरेको हो।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिएका छन्। पौडेलमाथि बीमा ऐन, २०७९ अनुसारको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
काठमाडौँको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी पौडेललाई प्रहरीले हिरासतमा राखी कानुनी प्रक्रिया तथा थप अनुसन्धान थालेको छ।

