महान्यायाधिवक्ता भण्डारीद्वारा पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको नेतृत्व छोडेसँगै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पनि आफ्नो पदबाट राजीनामा दिएकी छिन्। नेपालको संवैधानिक परम्परा अनुसार नयाँ सरकार गठनको बाटो प्रशस्त गर्न र प्रधानमन्त्री परिवर्तन हुनासाथ महान्यायाधिवक्ताले पद त्याग्ने अभ्यासलाई पछ्याउँदै उनले यो कदम चालेकी हुन्।

गत भदौ २९ गते प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त भएकी भण्डारीले करिब साढे ६ महिनाको कार्यकाल पूरा गरेर बाहिरिएकी छिन्।

उनको कार्यकाल विधिको शासन र कानुनी परामर्शमा भन्दा पनि राजनीतिक र व्यक्तिगत स्वार्थ प्रेरित निर्णयका कारण बढी चर्चामा रह्यो। सार्वजनिक पदमा रहँदा उनले गरेका कतिपय निर्णयहरूले न्याय प्रणालीको निष्पक्षतामाथि नै प्रश्न उठाएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज