फरार कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न प्रहरीको अपिल

काठमाडौं । हालैको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई आत्मसमर्पण गर्न प्रहरीले अपिल गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा तोडफोड र आगजनीका कारण कारागारका संरचना क्षतिग्रस्त भई कैदीबन्दीहरू फरार भएको उल्लेख गर्दै उनीहरूलाई स्वेच्छाले प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ।

भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनकै क्रममा प्रहरीका कार्यालय र कारागारसमेत लक्षित हिंसात्मक गतिविधि भएका थिए। त्यही क्रममा केही कैदीबन्दी फरार भएका भन्दै प्रहरीले उनीहरूलाई तुरुन्त कानूनी प्रक्रियामा फर्किन अनुरोध गरेको हो।

प्रहरीले फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्नेहरूलाई कानूनी प्रक्रियाअनुरूप व्यवस्थित गर्ने जनाएको छ भने नसुनिए थप कानूनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज