जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीकी एक मात्र प्रदेशसभा सदस्य उर्मिला देवी सिंहले सोमबार बसेको प्रदेशसभा बैठकमै सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक घोषणा गरेकी हुन्।
बैठकमा बोल्दै सांसद सिंहले बजेट निर्माण प्रक्रियामा बिचौलिया हावी भएको आरोप लगाउँदै आफूले त्यसका ठोस प्रमाणहरू रहेको दाबी गरिन्। उनले भनिन्, “बजेटमा जनताको आवश्यकता र प्राथमिकता भन्दा दलालहरूको प्रभाव देखिन्छ। यस्तो सरकारलाई समर्थन दिन सक्दिन।”
उनले मधेश प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै अबदेखि सरकारको समर्थनमा नरहने स्पष्ट पारिन्। सिंहको अभिव्यक्तिपछि मधेश सरकारमा थप राजनीतिक अस्थिरता आउने संकेत देखिएको छ।