खुला विश्वविद्यालयका एलएलबी उत्तीर्ण विद्यार्थीलाई अधिवक्ता लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको आदेश

काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट एलएलबी पास गरेका विद्यार्थीहरू अब अधिवक्ता लाइसेन्स परीक्षामा सहभागी हुन पाउने भएका छन्। बार काउन्सिलले उनीहरूलाई फाराम भर्न नपाउने सूचना जारी गरेपछि उत्पन्न विवादमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै अन्तरिम आदेश दिएको हो।

न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेशमा, खुला विश्वविद्यालयका एलएलबी उत्तीर्ण विद्यार्थीहरूलाई फाराम भर्न र परीक्षामा सहभागी हुनबाट वञ्चित नगर्न भनिएको छ।

यसअघि नेपाल बार काउन्सिलले खुला विश्वविद्यालयबाट एलएलबी कार्यक्रम उत्तीर्ण गरेकाहरूले अधिवक्ता परीक्षाको फाराम भर्न नपाउने निर्णय गर्दै सूचना प्रकाशित गरेको थियो। सोही निर्णयविरुद्ध विद्यार्थीहरू अदालत पुगेका थिए।

अधिवक्ता लाइसेन्स परीक्षाको फाराम बुझाउने अन्तिम मिति असार २१ गते रहेको छ। सर्वोच्चको आदेशसँगै प्रभावित विद्यार्थीहरूले अब दौडधुप नगरी परीक्षा फाराम भर्न पाउने भएका छन्।

विद्यार्थी नरेन्द्र सिजापतिले भने, “धेरै संघर्षपछि न्याय पाएका छौँ, अब हामी पनि अन्य विद्यार्थी सरह परीक्षामा सहभागी हुन पाउने भएका छौँ।”

यसअघि विद्यार्थीहरूले शिक्षामन्त्री एवं खुला विश्वविद्यालयका कुलपति रघुजी पन्त, विश्वविद्यालय प्रशासन, नेपाल बार काउन्सिललगायत सबै सम्बन्धित निकायमा पुगेर ध्यानाकर्षण गराएका थिए।

सर्वोच्चको यो आदेशले देशभर एलएलबी अध्ययनरत खुला विश्वविद्यालयका सयौं विद्यार्थीको भविष्यमा उज्यालोको किरण ल्याएको छ। अब बार काउन्सिलले पनि सर्वोच्चको आदेशअनुसार परीक्षा प्रक्रिया अघि बढाउनु पर्नेछ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज