पानीजहाज विधेयक पेश गर्ने कार्यसूचीसहित प्रतिनिधिसभाको वैठक बस्दै, विपक्षीको माग सम्बोधन गर्ने कि पेलेरै जाने ?

काठमाडौं । पानीजहाज विधेयक पेश गर्ने कार्यसूचीसहित प्रतिनिधिसभाको वैठक बस्ने कार्यसूची छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज ११ बजेलाई बोलाईएकोले त्यो भन्दा अगाडि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै छ ।

प्रतिनिधिसभको बैठक सत्तापक्षले पेलेरै अगाडि बढेको छ भने प्रतिपक्षी आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै १३ जेठदेखि निरन्तर विरोधमा छ । आज पनि विपक्षीको माग सम्बोधन गरेर जाने सम्भावना देखिएको छैन् ।

बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

नेकपा माओवादी केन्द्रले सत्तारुढ दलसँग सहमति गरेर संसद सुचारु गर्ने भने पनि रास्वपा र राप्रपाले भने विरोध गरिरहेका छन् । यसअघि शुक्रवारको बैठक विरोधका बाबजुद पनि सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज