घरजग्गा कारोबारमा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्ट पेश गरेपछि मात्र लिखत पारित हुने

काठमाडौं । घरजग्गा कारोबारमा नयाँ व्यवस्था लागू हुने भएको छ । घरजग्गाको कारोबार गर्दा अब किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरेर विवरण पेश गरेपछि मात्र लिखत पारित हुने भएको छ ।

खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने व्यवस्था भएको छ । यस्तो व्यवस्था अनुसार एक व्यक्तिले दिनमा तीन करोडभन्दा बढीको कारोबार गरेमा नेपाल राष्ट्र बैंकलाइ त्यसको जानकारीसमेत गराउनुपर्ने छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय विवरण सम्बन्धमा जारी गरेको निर्देशन २०८२ जारी गरेर उक्त व्यवस्था गरेको हो ।

बैंकिङ प्रणालीमार्फत कारोबार गनुपर्ने र १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार बैकिङ प्रणाली वा विद्युतीय प्राणलाीबाट गर्नुपर्ने छ । ५० लाख माथिको कारोबारमा भने विद्युतीय भुक्तानीमार्फत सोझै वा गुड फर पेमेन्टको चेकबाट मात्रै गर्नुपर्ने छ ।

सम्बन्धित समाचार

ताजा न्यूज