काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले कानून व्यवसायीहरुलाई सामाजिक संजालहरुमा अस्वस्थ तथा अमर्यादित टिप्पणी गरे कारबाही गर्ने चेतावनी दिएको छ । विहीबार एक सूचना सार्वजनिक गर्दै परिषद्ले सामाजिक संजालहरुमा अदालतको फैसला वा आदेश उपर अस्वस्थ तथा अमर्यादित टिप्पणी गरि अदालत तथा कानून प्रणाली प्रति अनास्था पैदा गर्ने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएको हो ।
सूचनामा भनिएको छ, कानून व्यवसायीहरुलाई यस अघि पनि फेसबुक लगायतकानगर्न नगराउन अनुरोध गरिएको स्मरण गराउदछौ । साथै अव उप्रान्त पनि सामाजिक संजालमा कानून व्यवसायीको आचरण सम्बन्धी नियमावली, २०७९ विपरित हुने कुनै कुरा प्रकाशन वा सचिवालयले Suo Moto जानकारीमा लिई प्रतिवेदन उठाई आचरण सम्बन्धी कारवाहीअगाडि बढाउने व्यहोरा नेपाल कानून व्यवसायी परिषदको मिति २०८१।८।१४ गते सम्पन्न परिषद वैठकको निर्णयानुसार अनुरोध छ ।


