काठमाडौं । योग्यता विनाका व्यक्तिहरूलाई सचिवालयमा नियुक्ति गरेको भन्दै संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको मापदण्ड तोक्न माग गर्दै रिट दर्ता गरेका हुन् ।
रीटमा अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरेका छन् ।