काठमाडौँ । सहसचिव राजेन्द्र कुमार पौडेल सचिव पदमा पदोन्नत भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहिकरणअन्तर्गतको रिक्त विशिष्ट श्रेणी सचिवमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताका रूपमा कार्यरत थिए। बढुवापछि उनी अब प्रशासन सेवाको उच्च तहमा जिम्मेवारी सम्हाल्ने छन्।

