पत्रकार सुरेश रजक सहिद घोषणा, सरकारद्वारा जेनजी आन्दोलनका घाइतेका लागि विशेष व्यवस्था

काठमाडौँ । तीनकुनेमा गत चैत्र १५ गते भएको घटनामा निधन भएका पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गरेको छ। सिंहदरबारमा बसेको सोमबारको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यका तर्फबाट सहिदका रूपमा मान्यता दिने निर्णय गरेको हो। निर्णयबारे जानकारी गराउँदै सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले रजकको योगदान र परिस्थितिलाई ध्यानमा राखी सरकारले यो कदम चालेको बताए।

सरकारले यसै बैठकमार्फत जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत उपलब्ध गराउने ‘कार्यविधि २०८२’ स्वीकृत गरेको छ। सो कार्यविधिअनुसार आन्दोलनका घाइतेका लागि शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा विशेष व्यवस्था मिलाइने सरकारको निर्णय छ।

नयाँ व्यवस्थाले जेनजी आन्दोलनमा प्रभावित नागरिकलाई दीर्घकालीन सहयोग र पुनर्स्थापनातर्फ योगदान गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज