वरिष्ठ अधिवक्ता घिमिरेलाई अदालतको अवहेलना मुद्दामा सफाइ

काठमाडौँ । न्यायपरिषद्को न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी अभिव्यक्तिका आधारमा दायर गरिएको अदालत अवहेलनाको मुद्दामा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई सफाइ दिएको छ।

मिति २०८१ असोज १४ गते दर्ता गरिएको उक्त अवहेलनामामिलामा निवेदकले राखेको मागदाबी नपुग्ने ठहर गर्दै सर्वोच्चले मुद्दा खारेज गरेको हो। न्याय परिषद्का निर्णयबारे एक कार्यक्रममा घिमिरेले व्यक्त गरेको धारणा अदालतको अवहेलनामा पर्ने भन्दै मुद्दा दर्ता भएको थियो। सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेको प्रतिवेदनले तत्कालिन अध्यक्ष घिमिरे उपर अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासले आज सुनुवाइपछि घिमिरेविरुद्ध अवहेलनाको आधार नदेखिएको निष्कर्ष निकाल्दै सफाइ दिएको हो।

यससँगै न्यायपरिषद्का निर्णयलाई लिएर उठेका कानूनसम्बन्धी बहसहरू अभिव्यक्तिको स्वतन्त्रताको दायरामै पर्ने सर्वोच्चको ठहरबाट स्पष्ट भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज