निलम्बित महानिर्देशक प्रदीप अधिकारी डिल्लीबजार कारागार चलान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अदालतको आदेशपछि डिल्लीबजार कारागार लगिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार उनलाई थुनामा राख्न निर्देशन दिएको थियो। आदेशपछि प्रहरीले अधिकारीलाई डिल्लीबजार कारागारमा बुझाएको एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए।

भक्तपुर नलिन्चोकस्थित हेलिपोर्ट निर्माणकाे क्रममा अनियमितता भएको आरोपमा अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार हेलिपोर्ट निर्माणमा करिब साढे १३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ।

यसै प्रकरणमा सात जनामाथि मुद्दा दायर गरिएको छ भने अधिकारी मुख्य अभियुक्तका रूपमा आरोपित छन्। अदालतले प्रारम्भिक सुनुवाइपछि थुनामा पठाउने निर्णय गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज