मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेको छ। आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक समीक्षामूलक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष हातबारेका हुन्।

नेपालको संविधानको धारा २९४ ले आयोगलाई प्रत्येक वर्ष राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने व्यवस्था गरेको छ। सोही प्रावधानअनुसार आयोगले मानवअधिकारको समग्र अवस्था, विविध क्षेत्रका चुनौती, अनुसन्धान, कार्यान्वयन स्थिति तथा सिफारिसको प्रगति समेटिएको प्रतिवेदन औपचारिक रूपमा प्रस्तुत गरेको हो।

प्रतिवेदन बुझाउने कार्यक्रममा आयोगका पदाधिकारी, सरकारी प्रतिनिधि तथा राष्ट्रपति कार्यलयका अधिकारीहरूको उपस्थिति थियो। प्रतिवेदनमा समेटिएका निष्कर्ष र सिफारिसहरूलाई आगामी वर्षका नीतिगत सुधार तथा कार्यान्वयनमा उपयोग गरिने आयोगले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज