सीजेआई गवईमाथि आक्रमण प्रयास गर्ने वकिल निलम्बन

काठमाडौं । भारतका प्रधान न्यायाधीश (सीजेआई) बीआर गवईमाथि आक्रमणको प्रयास गर्ने वकिल राकेश किशोरलाई बार काउन्सिल अफ इन्डिया (बीसीआई) ले तत्काल निलम्बन गरेको छ ।

घटनाअनुसार, ६ अक्टोबर २०२५ को बिहान करिब ११ः३५ बजे किशोरले सर्वोच्च अदालतको कोठा नम्बर १ मा चलिरहेको सुनुवाइका क्रममा जुत्ता फ्याँक्ने प्रयास गरेका थिए । सुरक्षा कर्मीले उनलाई तुरुन्तै नियन्त्रणमा लिएका थिए ।

बीसीआईले जारी गरेको आदेशमा वकिलको आचरण अदालतको गरिमा विपरीत भएको भन्दै उनीमाथि वकालत गर्न, अदालत वा ट्रिब्युनलमा उपस्थित हुन वा कुनै कानुनी काम गर्न प्रतिबन्ध लगाइएको छ ।

बीसीआईले १५ दिनभित्र कारण बताउन सूचना जारी गर्ने र अनुशासनात्मक कारबाही अघि बढाउने जनाएको छ । साथै दिल्ली बार काउन्सिललाई तत्काल आदेश कार्यान्वयन र सबै अदालत तथा ट्रिब्युनलहरूलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज