जेनजी आन्दोलनमा थप एक मृत्यु, संख्या ७६ पुग्यो

काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकामध्ये नुवाकोटका ३६ वर्षीय लक्ष्मण राईको निधन भएको छ। ट्रमा सेन्टरमा उपचाररत राईको मृत्यु भएपछि आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।

पञ्चकन्या गाउँपालिका–२ घर भएका राई भदौ २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेर घाइते भएका थिए। तत्कालै उद्धार गरेर बालाजु हुँदै ट्रमा सेन्टर भर्ना गरिए पनि अवस्था सुधार नहुँदा आज बिहान करिब १ः४५ बजे उनको निधन भएको चिकित्सकहरूले बताएका छन्।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले राईको मृत्युको पुष्टि गर्दै हालसम्म आन्दोलनमा ज्यान गुमाउनेमध्ये १० जना कैदीबन्दी रहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज