एआइजी मनोज केसी सिआइबी प्रमुखमा

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोजकुमार केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्रिय अनुसन्धान अघि बढाएका कारण केसीलाई पटक–पटक सरुवा गरिएको इतिहास छ। डिआइजी हुँदा उनले पूर्वगृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायतलाई अनुसन्धानको दायरामा ल्याएका थिए। विवादबीच अन्ततः बढुवा सूचीमा परेका केसीलाई अब सिआइबी प्रमुखको जिम्मेवारी दिइएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज