राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक प्रमाणीकरण

काठमाडौँ । नेपाल नागरिकता ऐन, २०६३ संशोधन सम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।

संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको विधेयकलाई पौडेलले प्रमाणीकरण गर्दै कानूनी मान्यता प्रदान गरेका हुन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट भएको यो प्रमाणीकरणसँगै नागरिकता ऐनमा संशोधन लागू हुने भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज