राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार भदौ २४ गतेदेखि लागू हुनेगरी बडालको राजीनामा स्वीकृत गरिएको हो।

नेपालमा हरेक सरकार फेरबदलपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त महान्यायाधिवक्ताले परम्परागत रूपमा राजीनामा दिने चलन रहँदै आएको छ। यही परिपाटीअनुसार बडालले राजीनामा दिएका हुन्।

यसअघि प्रधानमन्त्री सुशीला कार्की नियुक्त भइसकेकी छिन्। तर, नयाँ सरकारले अहिलेसम्म महान्यायाधिवक्ताको सिफारिस नगरेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज