काठमाडौं । न्याय परिषदले जिल्ला अदालतका लागि २० जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। न्याय सेवा आयोगद्वारा सञ्चालन गरिएको जिल्ला न्यायाधीश पदको परीक्षामा सफल उम्मेदवारमध्येबाट परिषदले बुधबार सिफारिस सूची सार्वजनिक गरेको हो।
सिफारिस सूचीको पहिलो स्थानमा अधिवक्ता शिशिरकुमार यादव रहेका छन्। परिषदका अनुसार विभिन्न सेवा समूह तथा पदमा कार्यरत कानुन व्यवसायी र कर्मचारीहरूलाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरिएको हो।
सिफारिस हुनेमा उपरजिस्ट्रार शिवप्रसाद आचार्य, श्रेस्तेदार ताराप्रसाद डाँगी, उपसचिव हिरालाल भुसाल, उपसचिव डिल्लीप्रसाद आचार्य, उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई, उपसचिव सुमन पाण्डे, उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, श्रेस्तेदार विकास बस्ने र श्रेस्तेदार इन्दिरा कार्की रहेका छन्।
यसैगरी उपन्यायाधिवक्ता बाबुराम भट्टराई र टेकराज भुसाल, इजलास अधिकृत गोकुल पन्त, रजिस्ट्रार विरेन्द्रप्रकाश खड्का र महेन्द्रप्रसाद पौड्याल, उपरजिस्ट्रार बासुदेव पाण्डे, श्रेस्तेदार ललित सापकोटा, उपसचिव खेमकुमारी बस्नेत, उपरजिस्ट्रार कर्णबहादुर राई तथा उपरजिस्ट्रार हिरामाया अवाल पनि सिफारिस सूचीमा समावेश छन्।
न्याय परिषदको सिफारिसपछि संवैधानिक प्रक्रिया पूरा गरी उनीहरूलाई जिल्ला अदालतका न्यायाधीशका रूपमा नियुक्त गरिनेछ।

