जाँचबुझ आयोगको कार्यकाल एक महिना थप्ने निर्णय

काठमाडौं । सरकारले जाँचबुझ आयोगको कार्यकाल एक महिना थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगको बाँकी काम समयमै सम्पन्न गर्न नसकिएको भन्दै म्याद थप्ने निर्णय गरेको हो।

आयोगले हालसम्म बयान संकलन तथा प्रतिवेदन तयारीका काम पूरा गर्न नसकेपछि कार्यकाल लम्ब्याउनुपर्ने आवश्यकता देखिएको सरकारको भनाइ छ। थपिएको अवधिमा आयोगले बाँकी प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउने तयारी गर्नेछ।

सरकारले आयोगको काम निष्कर्षमा पुर्‍याउन समय थप गरिएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज