कांग्रेसद्वारा दायर रिट सर्वोच्चमा दर्ता, पुस २ गते सुनुवाइ तोकियो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट औपचारिक रूपमा दर्ता भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट सोमबार दर्ता भई अब प्रारम्भिक सुनुवाइ पुस २ गतेका लागि निर्धारण गरिएको छ।

कांग्रेसले कार्यपालिका पक्षबाट गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको दाबी गर्दै गत शुक्रबार सर्वोच्च अदालतमा रिट पेस गरेको थियो। पेशी तोकिएसँगै अब अदालतले प्रारम्भिक बहस सुनेर आवश्यक आदेशबारे निर्णय गर्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज