कुलमानलाई सर्वोच्चको झट्का, शाक्य पुनर्स्थापित, घिसिङको निर्णय रद्द

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनः आफ्नो पदमा फर्किने भएका छन्। सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय बदर गर्दै शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न आदेश दिएको हो।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।

सोमबार न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेल समावेश इजलासले रिटको प्रारम्भिक सुनुवाइपछि सरुवा निर्णय उचित नदेखिएको निष्कर्ष निकाल्दै शाक्यलाई पूर्ववत् पदमा फर्काउन आदेश दिएको हो।

यो आदेशसँगै प्राधिकरणमा हुने नेतृत्व व्यवस्थापन फेरबदलको बहस फेरि चर्कने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज