प्रधानमन्त्री कार्कीलाई अवहेलनाबारे स्पष्टीकरण दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालत अवहेलनासम्बन्धी मुद्दामा लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ।

राजदूत फिर्ता गर्ने सरकारी निर्णयमा सर्वोच्चले दिएको आदेश कार्यान्वयन नगरेको दाबी गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनाको आरोपसहित निवेदन दायर गरेका थिए।

उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीलाई ‘किन कारबाही नगर्ने ?’ भन्ने प्रश्नसहित लिखित जवाफ बुझाउन निर्देशन दिएको हो।

अब अदालतको आदेशअनुसार प्रधानमन्त्रीले तोकिएको समयभित्र आफ्नो पक्ष पेश गर्नुपर्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज