दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ, नागरिक बचाउ दलले विरोध प्रदर्शन घोषणा

काठमाडौं । भक्तपुरस्थित आफ्नै घरबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरातमा उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीका अनुसार प्रसाईंमाथि हिंसा भड्काउनेगरी अराजक गतिविधि सञ्चालन गर्न अभिव्यक्ति दिएको आरोप छ। यसअघि उनी १५ चैतमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएकाले पक्राउ परेका थिए र अदालतको आदेशपछि रिहा भएका थिए।

प्रसाईंले हालै बैंक ऋण मिनाहा गरिदिनुपर्ने लगायतका माग राख्दै आन्दोलनको तयारी गरिरहेका थिए। उनको गिरफ्तारीको विरोधमा नागरिक बचाउ दलले आजैदेखि विरोध प्रदर्शन सुरु गर्ने घोषणा गरेको छ। यसअघि मंसिर ७ गते प्रदर्शन गर्ने तय भएको थियो, तर प्रसाईं पक्राउ परेपछि पार्टीका नेताहरूले तत्काल प्रदर्शनमा उत्रिने निर्णय गरेका छन्।

प्रहरीले आवश्यक सुरक्षा संयन्त्र अपनाउँदै विरोध प्रदर्शनको अवस्था नियन्त्रणमा राख्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज