केपी ओली र रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकोमा पुगे जेनजी, प्रहरीले दर्ता गर्न मानेन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी ओली र विवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी यूवा प्रहरीकोमा पुगेका छन् ।

ओली र लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेको भएपनि उनीहरुको जाहेरीलाई प्रहरीले दर्ता गर्न मानेको छैन् ।

जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन भन्दै पुगेका थिए । प्रहरीका अनुसार उनीहरूको जाहेरी भने दर्ता भएको छैन ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको छर समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ ।

‘उहाँहरू जाहेरी लिएर आउनुभएको थियो,’ प्रहरीले भन्यो, ‘हामीले केहीबेर छलफल गर्‍यौं । तर, जाहेरी दर्ता भएको छैन ।’

जेनजीहरूले आजबाट ‘केपी ओली एरेस्ट’ भन्दै अभियान नै चलाएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज