आयोग अध्यक्ष कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै प्रेस चौतारीद्वारा राजीनामा माग

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षता प्रश्न उठाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगको नेतृत्व गरिरहेका कार्कीले प्रारम्भिक चरणमै ‘पक्षपाती धारणा सार्वजनिक गरेको’ आरोप लगाइएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आयोगले प्रमाण संकलनसमेत नगरेको अवस्थामा अध्यक्ष कार्कीले सामाजिक सञ्जालमार्फत आफ्ना विचार अभिव्यक्त गर्दै निष्कर्ष झैँ प्रस्तुत गरेका छन्, जसले आयोगको विश्वासनीयता माथि प्रश्न खडा भएको छ ।”

विज्ञप्तिमा कुनै पनि जाँचबुझ आयोग तटस्थ व्यक्तिको नेतृत्वमा हुनुपर्नेमा कार्कीले देखाएको व्यवहार नैतिकताविपरीत भएको भन्दै राजीनामा माग गरिएको छ ।

त्यसैगरी प्रेस चौतारीले आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रहार घटनाको निष्पक्ष छानबिन गर्न जोड दिएको छ । भदौ २४ गते आन्दोलनको बहानामा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसमक्ष माग गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज