काठमाडौं । मन्त्रिपरिषद नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई सहित ३ जनाको नाम सिफारिस गरेको थियो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

