मेयर पद छोड्दै बालेन, आजै रास्वपा बैठकमा सहभागिता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।

रास्वपाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाउने उद्देश्यले आज पुनः केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ।

“आजको बैठकमा काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह पनि सहभागी हुनुहुनेछ,” बुर्लाकोटीले जानकारी दिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेन शाह यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन्। उनको उम्मेदवारीलाई लिएर पार्टीभित्र छलफल तीव्र बनेको छ।

केन्द्रीय समिति बैठक सकिएपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रमसमेत तय भएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज