जेलबाट बाहिर निस्किएको विषयमा लामिछाने भन्छन्ः जेल प्रशासनले जबर्जस्ती बाहिर निकाले

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको क्रममा कारागारबाट निस्किएको विषयमा आफ्नो स्पष्ट प्रस्टीकरण दिएका छन्। फेसबुक लाइभमार्फत लामिछानेले भनेका छन् कि उनी स्वयं कारागारबाट निस्किन चाहँदैनथे, तर भिड बढेपछि कारागार प्रशासनले जबर्जस्ती बाहिर निकालेको थियो। उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जेल प्रशासनले यस्तो कदम चाल्नु परेको उल्लेख गरेका छन्।

लामिछानेले आफू सरकार बनाउने वा सरकारमा जाने कुनै दौडमा नरहेको स्पष्ट पारेका छन्। साथै, उनीमाथि भएको बदनाम गर्ने प्रयास रोकिने चेतावनी पनि दिएका छन्। उनले भने, “म विधिमा लाग्छु। मेरो मुद्दा कानुनी माध्यमबाट लडिरहेको छु र लडिरहनेछु।”

उनले पुराना दलका नेताहरूले आफूलाई छलपूर्वक संसदबाट हटाएको आरोप लगाउँदै लोकतन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुशासन जस्ता मूल्यमा कुनै सम्झौता नगर्ने प्रष्ट पारेका छन्। लामिछानेले जनताको विश्वासका आधारमा खुला र पारदर्शी समाजमा विश्वास राख्ने र आन्दोलन जेन–जीले नेतृत्व गर्ने धारणा दोहोर्याएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज