काठमाडौं । राजधानीस्थित विशेष अदालतमा समेत आगजनी गरिएको छ। सोमबार दिउँसो भएको प्रदर्शनका क्रममा अदालतमा रहेका कागजात र फाइलहरू सडकमा ल्याएर जलाइएका हुन्।
अदालत परिसरमा पार्क गरिएका केही सवारीसाधनमा पनि आगजनी भएको प्रहरीले जनाएको छ।
यसअघि सिंहदरबार, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। जेनजी आन्दोलनमा सहभागी युवाहरूले राजधानीका विभिन्न सरकारी निकायलाई निशाना बनाइरहेका छन्।

