जेनजी आन्दोलनमा बार एशोसिएशनको चिन्ता, संयमित हुन आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएशनले सोमबार देशभर भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोगका कारण नागरिकको ज्यान जाने र सयौँ घाइते हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण ढंगले चलिरहेको अवस्थामा राज्यका तर्फबाट गरिएको अन्धाधुन्ध बल प्रयोग असंवैधानिक र गैरकानुनी भएको उल्लेख छ।

“सुरक्षाकर्मीको नियन्त्रण भन्दा बाहिरको बल प्रयोगले लोकतन्त्रको मुलभूत मूल्य–मान्यता, मानवअधिकार र नागरिक अधिकार माथि ठाडो प्रहार भएको छ,” विज्ञप्तिमा भनिएको छ।

संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन र मानवअधिकारको पूर्ण सम्मान गर्न राज्यलाई आग्रह गर्दै बारले घाइतेहरुको उपचार निःशुल्क गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र दोषी सुरक्षाकर्मीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

बार एशोसिएशनले नागरिकलाई संयमता अपनाउन पनि अपिल गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज