डा. अञ्जान शाक्य संसदीय सुनुवाइ समितिमा मनोनीत

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनित भएकी छन्। राष्ट्रिय सभाको बैठकले उनको नाम अनुमोदन गरेपछि उनी औपचारिक रूपमा समितिमा प्रवेश गरेकी हुन्।

शाक्य यसअघि विधायन व्यवस्थापन समितिमा सदस्य रहिसकेकी हुन्। सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट उनीसँगै नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्मा छन्।

१५ सदस्यीय समितिले प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूतको नियुक्ति अघि संसदीय सुनुवाइ गर्ने जिम्मेवारी पाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज