काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि इस्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेकी छन् ।
न्यौपानेले मंगलबार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएलगत्तै राज्य व्यवस्था समितिको सभापतिमा दाबी प्रस्तुत गरेकी हुन् ।
प्रतिनिधि सभाले सार्वजनिक गरेको कार्यतालिका अनुसार समितिको सभापतिका लागि निर्वाचन बुधबार दिउँसो ३ बजे समितिको बैठकमै हुने जनाएको छ ।

