बीमा प्राधिकरण अध्यक्ष ओझाको योग्यता विवादमा, न्यायिक समितिको प्रतिवेदन सरकारलाई बुझायो

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता सम्बन्धमा उठेका प्रश्नहरूसँगै सरकारले अब प्रतिवेदनको आधारमा निर्णय गर्ने तयारी गरेको छ। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित न्यायिक समितिले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

समितिले ओझामाथि तीनवटा प्रमुख प्रश्न उठाएको सचिवालय स्रोतले जनाएको छ। ‘कार्यादेश अनुसार अध्ययन गर्दा उहाँका सन्दर्भमा तीनवटा समस्याहरू देखिएका छन्,’ सचिवालय स्रोतले भने, ‘यी प्रश्नहरूले उहाँलाई पदमा निरन्तर रहने सुविधा दिँदैन।’

स्रोतका अनुसार, बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवश्यक योग्यता पूरा नभएको निष्कर्ष समितिले निकालेको छ। ‘कानुनमा उच्च व्यवस्थापनको अनुभव भएको हुनुपर्ने मापदण्ड छ,’ स्रोतले भने, ‘तर उहाँले मुख्यत: सञ्चारमाध्यममा काम गर्नुभएको रहेछ। कानुनअनुसारको योग्यताको लागि सम्बन्धित क्षेत्रमा थप अनुभव आवश्यक देखिन्छ।’

यस प्रतिवेदनपछि सरकारले अध्यक्ष ओझाको पद निरन्तरता र योग्यता सम्बन्धी अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज