सर्वोच्चको ठहर: ‘द डार्क फाइल’ले अदालतमा अवरोध सिर्जना गर्याे  (पूर्णपाठ सहित) 

काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले सिधाकुरा डटकमले आफैँ गलत सामग्री उत्पादन गरी न्यायपालिकामा अवरोध गर्ने नियतसहित ‘द डार्क फाइल’ प्रसारण गरेको ठहर गरेको छ।

शृंखलामा ‘४०० भन्दा बढी मुद्दा ढिलासुस्ती गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भन्दै अडियो रेकर्डसहितका सामग्री प्रकाशन/प्रसारण गरिएको थियो। यसले अदालतको अवहेलना भएको भन्दै तत्कालीन उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको निवेदनमा मुद्दा चलाइएको थियो।

सर्वोच्चका नौ न्यायाधीश सम्मिलित इजलासले गत वर्ष असोज १३ गते फैसला सुनाउँदै सिधाकुराका सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई तीन महिनाको कैद सजाय सुनाएको थियो। कृत्रिम ‘स्टिङ अपरेसन’को अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई छ महिनाको कैद सजाय सुनाइएको थियो। फैसलाको ७९ पृष्ठ लामो पूर्णपाठ हालै सार्वजनिक भएको छ।

पूर्णपाठमा उल्लेख छ कि तिमल्सिनाले उपलब्ध गराएको अडियोको आधिकारिकता जाँच्न सर्वोच्चका जिम्मेवार प्रशासनिक पदाधिकारीसँग सम्पर्क नगरी प्रसारणमा लगाएका थिए। ढुंगाना र कँडेलले पनि न्यायपालिकामा अवरोध सिर्जना गर्ने बदनियत, दुराशययुक्त र प्रवृत्त भावना राखेको तथा उचित परीक्षण नगरेको ठहर गरिएको छ।

हेर्नुस् यस्तो पूर्णपाठ

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज