राष्ट्रपतिद्वारा नेपाल ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा अनुसार, सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको हो।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत विधेयक राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको छ।”

प्रमाणीकरणसँगै सम्बन्धित संशोधन विधेयक अब कानुनका रूपमा कार्यान्वयनमा आउनेछ।

 

सम्बन्धित समाचार

ताजा न्यूज