मिडिया काउन्सिल विधेयकमाथिको दफावार छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमा दफावार छलफल गर्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथि थप दफावार छलफल गर्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

दफावार छलफलमा आवश्यक संशोधनहरू मिलाउनको लागि तथा छलफल गरेर थप परिष्कृत गर्नको लागि उपसमिति गठन गरिएको समिति सभापति अम्मरबहादुर थापाले बताए । दलीय आधारमा परामर्श समितिबाट समिति सदस्यको टुङ्गो लाग्ने उनको भनाइ छ ।

१५ कार्य दिनको अवधि रहने उपसमितिको संयोजक समेत परामर्श समितिले नै छान्ने उनले बताए । त्यस्तै समितिले गत आर्थिक वर्षभित्र समितिले गरेका निर्णय तथा निर्देशनहरूको कार्यान्वयनको अवस्था र प्रगति विवरणबारे समितिलाई सात दिनभित्र बुझाउन समेत सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज