नेपालमा टेलिग्राम एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपालमा टेलिग्राम एपमार्फत भइरहेका अनलाइन ठगी र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधका घटनामा निरन्तर वृद्धि भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले उक्त एपको सेवा तत्काल रोक्न सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने व्यवस्था गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको हो। प्राधिकरणले एपमार्फत संगठित आपराधिक गतिविधि भइरहेको भन्दै सतर्कता अपनाउँदै यस्तो कदम चालेको जनाएको छ।

प्राधिकरणले भनेको छ, “नेपालमा सञ्‍चालनमा रहेको Telegram App मार्फत Online Fraud को संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त Telegram App को पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यस्तै सूचना मार्फत निर्देशन गरिएको छ।”

 

यस निर्णयसँगै नेपालमा टेलिग्राम एपको सेवा अवरुद्ध भएको छ भने सेवाग्राहीले अबदेखि उक्त एप प्रयोग गर्न नपाउने भएका छन्। प्राधिकरणले जनहित र साइबर सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कदम चालेको स्पष्ट पारेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधि भएको भन्दै टेलिग्राम बन्द गर्ने सरकारको तयारी

सम्बन्धित समाचार

ताजा न्यूज