सौर्य एयरलाइन्स जहाज दुर्घटनाबारेको प्रतिवेदन सार्वजनिक, मन्त्री पाण्डेले कार्यान्वयनको गरे प्रतिबद्धता

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर मर्मतका लागि पोखरा जाँदै गरेको ९ एन–एएमई–सीआरजे २०० कलसाइनको जहाज गत साउन ९ गते धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले प्रतिवेदन पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री पाण्डेले प्रतिवेदन बुझ्दै भने, “प्रतिवेदन कुनै पनि दबाव वा मुलाहिजाबिना तयार भएको छ । अब यसलाई प्रभावकारी कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध छ ।”

आयोगले प्रतिवेदन बुझाएसँगै मन्त्रालयले मन्त्रालयको वेबसाइटमार्फत सो प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त दुर्घटनामा चालकदलका सदस्यमध्ये पाइलट मनिष शाक्य भने जीवितै उद्धार भएका थिए । दुर्घटनाको दिनमै सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले विमान दुर्घटनाको सम्भावित कारण र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सुझाबसहितको प्रतिवेदन तयार पारेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज