साइबर अपराध आरोपमा पक्राउ परेका अधिवक्ता सुजित केसी २५ हजार धरौटीमा रिहा

काठमाडौं । साइबर अपराध आरोपमा पक्राउ परेका अधिवक्ता तथा राप्रपा नेता सुजित केसीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा हिल्टन होटलसँग सम्बन्धित सामग्री पोस्ट गरेको विषयमा अनुसन्धान गर्दै केसीलाई नियन्त्रणमा लिएको थियो। ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही अगाडि बढाउँदै जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले केसीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अदालतको आदेशअनुसार धरौटी रकम बुझाइ केसी रिहा भएका छन्।

यसअघि पक्राउपछि अधिवक्ता केसीको पक्षबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पनि केसीलाई रिहा गर्न आदेश दिएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज