काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले नयाँ कार्यसमिति चयनका लागि असार २८ गते शनिबार निर्वाचन गर्ने निर्णय गरेको छ। बारको कार्यसमितिको जेठ १४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सूचनामा भनिएको छ कि निर्वाचनमा सहभागी हुनका लागि अहिलेसम्म सदस्यता नविकरण नगरेका बार सदस्यहरूले अनिवार्य रूपमा जेठ ३० गतेभित्र आफ्नो सदस्यता नविकरण गर्नुपर्नेछ। यसका लागि सम्बन्धित सदस्यहरूलाई समयमै प्रक्रिया पूरा गर्न बार सचिव उज्ज्वल राम श्रेष्ठले अनुरोध गरेका छन्।