काठमाडौं । गभर्नरको दौडमा नाम अगाडि आएपछि गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले पदबाट राजीनामा दिएका छन्।
आइतबार साँझ उनले अर्थमन्त्री तथा समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका पौडेललाई सत्तारूढ नेपाली कांग्रेसले गभर्नरको उम्मेदवारको रूपमा अघि सारेको हो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। सोही बैठकमा देउवाले गभर्नरका लागि पौडेलको नाम प्रस्ताव गरेका थिए।