प्रदर्शनीमार्गमा राजनीतिक प्रदर्शन रोक्न माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

कानुनका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको रिटमा प्रदर्शनी मार्ग क्षेत्रभित्र पर्ने पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्व भाषा क्याम्पस जस्ता शिक्षण संस्थाहरू र काठमाडौँ मोडेल अस्पतालको उल्लेख गर्दै यस क्षेत्रमा भइरहने राजनीतिक प्रदर्शनले पठनपाठन र स्वास्थ्य सेवामा गम्भीर असर पार्ने दाबी गरिएको छ।

रिटमा प्रदर्शनी मार्गमा हुने प्रदर्शनले विद्यार्थीहरूको शान्तिपूर्ण र स्वच्छ वातावरणमा अध्ययन गर्न पाउने हक, नागरिक स्वतन्त्रताको हक र बिरामीहरूलाई उपचार पाउने हक हनन भएको उल्लेख छ। साथै, यसले समग्र रूपमा स्वच्छ वातावरणमा बाँच्न पाउने जीवनको अधिकारमा समेत आघात पुगेको दाबी गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज