कक्षा १२ को परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा समन्वय समितिमार्फत् परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई परीक्षा सञ्चालनका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको बोर्ड सदस्यले जानकारी दिए।

बोर्डका अनुसार परीक्षा वैशाख ११ गते बिहीबारदेखि सुरू हुँदैछ। परीक्षा तालिका यथावत् राखिने भएकाले सम्बन्धित विद्यालयहरूलाई तयारीमा जुट्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज