निजामती कर्मचारीका ट्रेड युनियन कार्यालयहरू बन्द गर्न सरकारको निर्देशन

काठमाडौं । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीहरूसँग सम्बन्धित सबै ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएपछि मन्त्रालयले यस्तो निर्णय लिएको हो।

मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूलाई पत्राचार गर्दै आधिकारिक ट्रेड युनियनसहितका विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गर्न भनेको छ। साथै, ट्रेड युनियनका नाममा प्रयोग भइरहेका सरकारी भवन, कार्यकक्ष, सवारी साधन लगायतका अन्य सेवा सुविधाहरू सम्बन्धित कार्यालयले फिर्ता लिनुपर्ने निर्णय भएको छ। ती समितिहरूमा आबद्ध रहेका कर्मचारीहरूलाई साविकको दरबन्दी अनुसारकै कार्य जिम्मेवारीमा खटाउन समेत सचिवस्तरीय निर्णयबाट निर्देशन जारी गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज